काठमाडौं – खड्गी ग्वाहाली पुचः, का.म.पा. १५ को आयोजनामा नेपाल सम्बत् ११४१ को सुखद् उपलक्ष्यमा शनिबार काठमाडौंको भुइखेलमा एक शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा संघिय सांसद माननिय जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा का.म.पा. १५ का वडाध्यक्ष इश्वर मान डंगोलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा खड्गी ग्वाहाली पुच: कामपा १५ वडाले कामपा १५ वडा भित्र वसोवास गर्नुभई विभिन्न क्षेत्रमा याेगदान दिई गड्गी समुदायको मान इज्जत बढाउने कार्य गर्नुभएका माहानुभावहरुलाई सम्मान स्वरुप कदर पत्र एवं माया चिनाे प्रदान गरिएकाे थियाे ।
साथै निरन्तर साथ सहयाेग प्रदान गरेबापात नेवाः पत्रकार राष्ट्रिय दबू काठमाण्डाै जिल्लालाई पनि कदर पत्र र मायाकाे चिनाे प्रदान गरिएको थियो ।
कार्यक्रममा वडासदस्य निमा घ्याम्चाे, आनन्द गाैतम, मैयाँलक्ष्मी महर्जन तथा विभिन्न पार्टीका प्रतिनिधिहरुकाे समेत आतिथ्यता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७