यल सांस्कृतिक पर्व संरक्षण समितिद्वारा तीन पत्रकार सम्मानित

ललितपुर – बन्द रहेकाे पायः (खड्ग) जात्रा र नव दुर्गा ( गःथुँ प्यांख ) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकारलाई सम्मान गरिएकाे छ ।

यल सांस्कृतिक पर्व संरक्षण समितिले आईतबार एक समाराेहकाे आयाेजना गरी साे सम्मान गरेकाे हाे । सम्मानित हुने पत्रकारहरूमा क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहेका छन् । महर्जन नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव, माली पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका उपाध्यक्ष र बज्राचार्य शाखाका पूर्व सचिव हुन् ।

साे समाराेह पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयाेजना गरिएकाे थियाे । साे अवसरमा ललितपुर उद्याेग वाणिज्य संघका अध्यक्ष समेत रहेका समितिका संयाेजक कृष्णलाल महर्जनले खादा ओढाई वाग्मती प्रदेशका सासंद् शाेभा शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गरे ।

दशै अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः जात्रा र गथु प्याँख पुनः सञ्चालनका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेकाेलाई कदर गर्दे साे सम्मान गरिएकाे समितिका संयाेजक कृष्णलाल महर्जनले बताए । साे अवसरमा संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार