काठमाडौँ – उदाय् समाजको आयोजनामा वर्षेनिको साधारण सभामा वितरण गर्दै आएको सम्मान, पुरस्कार, छात्रवृति ढिला भए पनि विशेष कार्यक्रमको आयोजना गरी यस वर्ष पनि भूइखेलको कसाः ख्यःमा वितरण गरिएको छ ।
उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कंसाकारजुले पानसमा बत्ति बाली कार्यक्रमको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा उदाय् समाजका उपाध्यक्ष डा. प्रेमरत्न स्थापितले स्वागत मन्तव्य दिएका थिए ।
यस कार्यक्रममा जेष्ठ नागरिक, मेडिकल डाक्टर, इञ्जिनियर, विभिन्न विषयमा उच्च शिक्षा हासिल गरेका विद्यार्थी, नेपालभाषा साहित्यमा उल्लेख योगदान दिएकालाई भिक्षु हिरा नेपालभाषा साहित्य पुरस्कार सुगत दास तुलाधर र नेपालभाषाको संगीतमा उल्लेख्य योगदान दिएकालाई प्रदान गरी आएकोमा रमेश ताम्राकार संगीत पुरस्कारबाट गायक रविन्सन कंसाकारलाई सम्मान गरिएको छ ।
उदाय् समाजका सचिव रजनी ताम्राकारले संचालन गरेको उक्त कार्यक्रममा फरककथं जीवन व्यतित गरेका, एकल महिला हःपाः,एक कक्षा देखि प्लस २ सम्मका उत्कृष्ट विद्यार्थीवर्गं, नेपालभाषा विषय लिएर नर्सरी देखि पाँच कक्षा सम्मका विद्यार्थी वर्गलाई पुरस्कार र छात्रवृति प्रदान गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३