काठमाडौँ – विश्व महिनावारी स्वच्छता दिवस २०२१ को पुर्व सन्ध्यामा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धि अनलाईन परामर्श कार्यक्रम सम्पन्न भएको छ । समाज तथा पुरुषवर्गहरुले दिन सक्ने योगदान, महिनावारीमा हुने अनियमितता, महिलाहरुले अनुभव गर्ने दुखाईको कारण, कुन अवस्थामा चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ, कस्तो अवस्थामा घरेलु उपायहरु अपनाउन सकिन्छ र यस्तो समयमा महिलाहरुलाई पौष्टीक आहार तथा विशेष आरामको जरुरी हुन्छ कि हुदैन भन्ने मूल विषयमा केन्द्रित रहेर गैर सरकारी संस्था गुथिले कार्यक्रमको आयोजना गरेको हो । नेपाल महिला समाज, सयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था लि. ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र क्यापस, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा परामर्श कार्यक्रम अनलाईन मार्फत सम्पन्न भएको हो ।
विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई महिनावारी हुँदा निकै पिडा भई अस्पताल लग्नु पर्ने अवस्था आउदा पीडा कम कसरी गर्ने भन्ने बारेमा महेन्द्र सरस्वती माध्यमिक विद्यालयका शिक्षक पृथ्वी मगरको प्रश्नलाई नर्स तारा तामाङ्गले तातो पानी प्रसस्त प्रदान गरी तातो खानेकुरा तथा चकलेटको प्रयोग गर्दा पिडा केही कम हुने जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै पूर्व वातावरण मन्त्री गणेश शाहले प्रविधिको प्रयोग गरेर महिनावारी सम्बन्धि परामर्श,जानकारी र जनचेतना फैलाउने कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे । महिलाहरुलाई जन्मदाता जननीको उपमा दिदै महिलामाथि हुने हिँसा, दुव्यवहार, अपमान र तिरस्कार गर्नु अनुचित बताउदै महिनावारीलाई प्राकृतिक प्रकृयाको रुपमा लिनु पर्ने र यसलाई हेय दृष्टिकोणबाट हेरिन नहुने पनि शाहले धारणा राखे ।
कार्यक्रममा एम.एच.एम. एलायन्सका संयोजक गुण राज श्रेष्ठले महिनावारीलाई मानव जिवनको प्रतिष्ठा र मर्यादाको विषय मानेर विश्व भरी नै मे २८ लाई महिनावारीको मासिक चक्रसँग जोडेर यो दिवस मनाइँदै आईरहेको जानकारी दिए । नेपाललगायत संसारका अधिकाँस पिछडिएको देशहरुमा महिनावारीलाई घिन, लाज, सरम र धर्मसँग जोडेर महिलाहरुलाई पछाडि पार्ने र अपहेलित गरी महिनावारीलाई समस्याको रुपमा हेरेको पाइन्छ । महिनावारी भनेको प्राकृतिक प्रकृया हो जुन पुरुषहरुमा पाइदैन, तसर्थ महिनावारीलाई विशेष क्षमताको दृष्टिकोणबाट हेरिनु पर्नेमा जोड दिदै महिनवारीलाई मर्यादित महिनावारी घोषित गर्नु पर्ने आवश्यक्तातर्फ इंगित गरे । एम.एच.एम. एलायन्स सरकारी तथा गैर सरकारी संस्थाहरु महिनावारीलाई मर्यादित बनाउन र यसका लागि आवाज उठाउन लागि परेको छ । नेपाल सरकारले विद्यालयहरुमा निःशुल्क प्याड वितरण गर्नुपर्ने नीति बनाईसकेको र यस वर्ष देखि शिक्षा मन्त्रालयले आफ्नो नयाँ पाठ्यक्रममा कक्षा ४ देखि नै महिनावारी सम्बन्धि विभिन्न शैक्षिक सामग्री तयार गरेको पनि रुेष्ठले जानकारी दिए ।
अधिकास महिलाहरुले महिनावारी सम्बन्धि समस्याखुलेर कसैलाई भन्न नसक्ने र अस्पताल जान पनि हिच्किचाउने भएकोले महिनावारी भनेको शारीरीक प्रकृया हो जुन हरेक महिना महिलाहरुको पाठेघरमा निर्मित अण्डा प्रयोग नभई फुटेको अवस्थामा निस्कने सामान्य रगत भएको र महिनावारी भएको बेलामा आईरन तथा भिटामीन सि युक्त खानेकुरा खानुपर्छ भन्ने जानकारी दिदै हर्ट विटकी नर्स प्रिति श्रेष्ठले प्रस्तुतिकरण प्रस्तुत गरेकी थिइन् ।
महिनावारी हुँदा महिलाहरुले आफ्नो रोजाई अनुसारको प्याड लगायत अरु विभिन्न कपडाको प्रयोग गरिरहेका हुन्छन् । अहिले बजारमा सजिलै पाइने मेनसुरल कपको प्रयोग स्यानेटरी प्याड भन्दा सस्तो हुने र यसलाई पुनःप्रयोग गर्न सकिने हुँदा वातावरण मैत्री पनि भएको जानकारी रोटर्याक्ट क्लव अफ पाटन वेष्टका अध्यक्ष उर्जा नेवाले जानकारी दिए ।
कार्यक्रममा आफ्नो अनुभव साझा गर्दै रुचा श्रेष्ठले मेनसुरल कपको पहिलो पटक प्रयोग गर्दा आफूलाई खासै समस्या नभएको तर निकाल्न खोज्दा सार्है पिडा भएको बताइन् । तर ५ महिनादेखि भने निरन्तर प्रयोग गर्दै आएको र निकै सहज रहेको पनि श्रेष्ठले जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३