काठमाडौँ – नारी तिमी योग्य छौ, आफुभित्रै एउटा संसार सृजना गर भन्दै कवि शिवानी बज्राचार्यको कविता संगै मे २८ मर्यादित महिनावारी स्वच्छता दिवश महिनावारीको बेलामा प्रयोग हुने कपडाको प्याड तयारी सम्बन्धि तालिम कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको छ ।
सडकमा व्यवसाय गर्ने, सरसफाई क्षेत्र र अनौपचारीक क्षेत्रमा कार्यरत महिलाहरुलाई प्रोत्साहन गर्न र व्यवहारीक तथा जीवन उपयोगी सिप सिकाउने उद्देश्यका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको हो । गैर सरकारी संस्था गुथि, नेपाल महिला समाज, संयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था, ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै किर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले किर्तिपुर नगरपालिकामा रहेका विद्यालयहरुमा निःशुल्क प्याड वितरण गर्दै आएको जानकारी दिएन् । उनले आफु सानो हुँदा महिनावारी सम्बन्धि ज्ञान नभएको र प्याडको अभावमा विद्यालय जान नपाएको तितो अनुभव सुनाउदै महिनावारीको बारेमा महिला र पुरुष दुवैले खुलेरै आवाज उठाउन जरुरी भैसकेको बताइन् ।
५ वर्ष अगाडि नै खानेपानी मन्त्रालयले बनाएको महिनावारी सम्बन्धि नीति हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको नेपाल सरकारका पूर्व सह–सचिव तथा खानेपानी तथा सरसफाईका विशेषज्ञ राजन पाण्डेले बताए । राज्यले हरेक समय स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन सम्भव नभएकाले कपडाको प्याड बनाउने तालिम देशव्यापी पु¥याउन सकेमा सम्पूर्ण महिलाहरुको पहुँचमा सुरक्षित प्याड हुने पनि उनले विचार व्यक्त गरे ।
अहिले सम्म केही थाहा नभएर कपडाको प्याड प्रयोग नगरी बजारमा पाईने प्याड प्रयोग गरेर आफूले कमाईको धेरै पैसा खर्च गरेको तर अब यस तालिमपश्चात प्याडमा हुने खर्च बचत गर्न कपडाको प्याड आफैले बनाई आफु पनि प्रयोग गर्ने अनि आफन्तलाई पनी प्रयोग गर्न लगाउने एरोसानकी सार्वजनिक शौचालय सफाईकर्मी अमिसा देउलाले बताइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७