छत्रपाटी अस्पताललाई आयोवा नेपलिजको सहयोग

काठमाडौं – काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई आयोवा नेपलिज असोसियसन अमेरिकाले आर्थिक सहयोग गरेका छन् । असोसियसनका भुतपुर्ब कोषाअध्यक्ष प्रदिप रत्न स्थापित को अग्रसरता मा अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि दुई लाख बराबर सहयोग प्रदान गरेको हो ।

बुधबार अस्पताल परिसरमै पुगी प्रदिप रत्न स्थापित लगायत को समूहले उक्त रकम बराबरको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरे । अस्पतालका अध्यक्ष डा. श्रेष्ठले सहयोगको लागि कृतज्ञता पोख्दै स्थानियलाई सक्दो ,सुलब र नि :सुल्क संक्रमितलाई स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल अहोरात्र खटिरहेको जानकारी गराए ।

आयोवा नेपलिज असोसियसनको प्रतिनिधित्व गरेर बोल्दै प्रदिप रत्न स्थापित ले क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयले गरेको काम बाट आफु र आफ्नो टिम खुसि भयको र आफ्नो संस्था बाट अस्पतालको अक्सिजन प्लान्ट राख्नने काम सानो सहयोग गर्न पाऊदा खुशी लागेको कुरा जानकारी दिए। कार्यक्रममा रूना स्थापित , बुद्धि रत्न स्थापित , यशोधा स्थापित , प्रमोद रत्न स्थापित ,गौतम तुलाधर ,रुकेश तुलाधर र संजय महर्जन लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार