नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठको निधन

काठमाडौँ – नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठको कोरोनका कारण मृत्यु भएको छ । उनको बिहिबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको ६४ वर्षको उमेरमा बिहिबार १ः३० बजे निधनको संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए । कोरोना संक्रमित भएर श्रेष्ठ बैशाख २३ गते देखि अस्पताल भर्ना भएका थिए । पछिल्लो समय उनको कोरोना परिक्षणको नतिजा नेगेटिभ पनि आइसकेको थियो । २०७५ सालमा संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ संघका संस्थापक सदस्य पनि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार