ललितपुर – ललितपुर महानगरपालिका वडा नंबर १६ सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा निःशुल्क आँखा जाँचा शिविर संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित नागवहालमा उक्त निःशुल्क आँखा शिविर संपन्न भएको हो।
शिविरमा आँखा जाँच देखि मोतिया विन्दूको अप्रेसन लगायत आँखा दान तथा छाला दान कार्यक्रम पनि भएको जानकारी आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताएका छन्।
आँखा शिविरवाट ५ सय जना लाभान्वित बनेका छन्। शिविरमा निःशुल्क आँखा जाँच देखि निःशुल्क औषधि दिने कार्य समेत भएको थियो।
नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा विशेषञ डा.इन्दुप्रसाद ढुंगेल तथा डा.किरण शाक्यको नेतृत्वमा निःशुल्क आँखा शिविर संपन्न भएको थियो। डाक्टर टीममा कल्याण ढुंगाना, रचना काफ्ले, रेखा घिमिरे, यशोदा तिवारी, राधिका घले र एलिना गोपालीको संलग्नता रहेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७