काठमाडाै – नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।
यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३