ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ललितपुर महानगरपालिका वडा नं १५ कमिटी गठन भएको छ ।
महेन्द्र मानन्धरको अध्यक्षतामा १५ वडा कमिटी गठन भएको हो ।
उपाध्यक्षमा राधिका भेटुवाल र राजमान कायस्थ, सचिवमा विमल कार्की, सह- सचिवमा गीता खनाल र अभय खड्का, सदस्यमा मनिश मगर, मनिष आचार्य, अप्सरा उप्रेती, अनिता लामा, सुधा बज्राचार्य, वीरेन्द्र खड्का, गौरी लामा, नरेश तण्डुकार, शैलेन्द्र कुमार श्रेष्ठ, अनिल मानन्धर, विक्रम घिमिरे, राजन घिमिरे, विनोद श्रेष्ठ, पूर्ण महर्जनलगायत रहेका छन् ।
नेकपा एमालेले अस्तित्व गुमाएर केपी ओली गुट बनेको कारण एमालेमा रहन नसकेको बागमती प्रदेश सांसद माधव पौडेलले बताए । साहस पूर्वक विद्रोह गर्दै एकीकृत समाजवादीमा रहेको भन्दै सम्पूर्ण कार्यकर्तालाई सांसद पौडेलले धन्यवाद दिए । आगामी निर्वाचनमा जनताले सही जवाफ दिने पनि सांसद पौडेलले विश्वास व्यक्त गरे ।
वडा कमिटी गठन कार्यक्रममा बागमती प्रदेशका सांसद माधव पौडेल, पार्टीका उपाध्यक्ष प्रमेश हमाल लगायतको उपस्थिति रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७