वीरगंज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कोन्हियाटोलमा होलि मिलन एवम पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ।
लोसपा नेपालका वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ वडा समितिले आयोजना गरेको होली मिलन समारोह एवम पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिती लोसपाका नेता एवम प्रदेश सभासदस्य रमेश कुर्मीले अगामी निर्वाचनमा मधेशको हक अधिकार र बिकासको लागि लड्ने पार्टी आधिकारिक रुपमा लोसपा मात्र रहेकोले लोसपाका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताए । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा वडादेखी गाउँपालिका, नगरपालिका र महानगरपालिकासम्म लोसपालाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई आजैदेखि लाग्न आग्रह समेत गरे ।
पछिलाे चुनावमा अलौको जनताले अधिक भोट दिएर बिजय गराएको भन्दै कुर्मीले टोलको लागि सडक र नाला बनाए पनि जनताको लागि धर्मशाला र स्कुलको बिकास छिटोभन्दा छिटो गर्ने प्रतिबद्धता जनाए । होली पर्व एक आपसमा भाईचाराको सद्भाभावको साथ सभ्य तरिकाले होली खेल्न आग्रह पनि गरे।
आफुहरुको पार्टी ब्यक्तिगत स्वार्थको लागि प्रयोग नहुने र चुनावमा बिगत भन्दा बढी सिट जितने नेता कुर्मीले ठोकुवा गरे ।
वीरगंज महानगरपालिका वडा नम्बर १७ मा छोटिलाल साहको नितृत्वमा वडा एकाई कमिटी गठन गरेको छ भन्ने विभिन्न पार्टी परित्याग गरि सयौ सङ्ख्यामा पाटी प्रवेश गरेका छन् ।
केन्द्रिय सदस्य ज्वाला भगत मालिको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद रमेश प्रसाद कुर्मी , जिल्ला अध्यक्ष पुर्सोतम झा , नेता शशिकपुर मियाँ , महिला नेतृ रम्भा मिश्रा , नगर अध्यक्ष ओम प्रकाश सराफ, सुरेन्द्र कुर्मी , नन्दलाल यादव , पुरन पटेल, लगायत नेता कार्यक्रताको सहभागीता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७