काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गतको जनसरोकार समन्वय समितिबाट आयोजित एक कार्यक्रममा जनसरोकार दस्ता घोषणा गरिएको छ ।३ गते बिहिवार बालाजु बाईसधारा पार्कमा भएको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले दस्ताका सदस्यहरुलाई दस्ताको ज्याकेट हस्तान्तरण गरेका थिए ।
उक्त दस्ताबाट ‘स्थानीय वासिन्दाले भोग्दै आएका समस्याको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय तथा संवादलाई अगाडी बढाउने र आवश्यकता अनुसार संघर्षमा उत्रिनुपरेपनि पछि नहट्ने र काठमाडौं उपत्यकाका स्थानीय वासिन्दासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुमा हतिमालो गर्दै जाने समितिका संयोजक श्यामकृष्ण प्रजापतिले आफ्नो कुरा राखे।
कार्यक्रममा मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उठिवास गरिएका स्वबासीहरुलाई पनि सरकारले नै जग्गा उपलब्ध गराउने र आफ्नो थातथलोबाट उठिवास भएका स्वबासीलाई पनि जग्गा उपलब्ध गराउने गरी भूमि आयोगको परिभाषा संशोधन गरिएको जानकारी गराए ।
कार्यक्रममा दस्ताका ५१ जना सदस्यको नाम घोषणा गर्दै ज्याकेट वितरण गरिएको थियो भने अन्य ५० जना सदस्य फेरी थप गर्ने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७