ललितपुर – नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारको टुङ्गो लगाए पनि उप–मेयर उम्मेदवारको टुङ्गो अझै लगाएको छैन । तर सोमबार एकाएक एमाले कै कार्यकर्ताहरु मार्फत सामाजिक सञ्जालमा मञ्जली शाक्य ललितपुर महानगरको उप–मेयरमा सर्वसम्मत भएको भन्दै दिएका बधाईले चर्चा पायो ।
ललितपुर महानगरमा उप–मेयरका लागि मञ्जली शाक्य र सरास्वती खड्कासहित दुई प्रत्यासी रहेका छन् ।
हरप्रहरसँगको कुराकानीमा उप–मेयर उम्मेदवारकी प्रत्यासी खड्काले ललितपुर महानगर कमिटीले हालसम्म उप–मेयरको उम्मेदवारीको टुङ्गो नलागेको जानकारी दिइन् । उप–मेयरको लागि उनको उम्मेदवारी कायम रहेको र कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने पनि उनले बताइन् । ‘यस निर्वाचनमा मात्र नभएर अघिल्लो निर्वाचनमा समेत उम्मेदवार थिए, विविध कारणले निर्वाचन लड्ने मौका मिलेन, यस पटक उम्मेदवारीमा पछि हट्दिन’ , उनले भनिन् ।
समाजिक सञ्जालमा फैलिएको हल्लाका बारेमा सोध्दा उनलाई कुनै औपचारिक जानकारी नआएको बताइन् ।
ललितपुर महानगर कमिटीले मेयरमा व्यञ्जनकार र उप–मेयरमा आफ्नो नाम सिफारिस गरिसकेको उप–मेयरकी अर्की प्रत्यासी शाक्यले बताइन् । हरप्रहरसँग कुरा गर्दै शाक्यले ललितपुर महानगर कमिटीले व्यञ्जनकार र आफ्नो नाम सिफारिस गरिसकेको तर सरास्वती खड्काको उप–मेयरमा सिफारिस नभएर दाबी मात्र रहेको जिकिर गरिन् । महानगरको मेयर र उप–मेयरको अन्तिम टुङ्गो केन्द्र लागाउने बताउदै उनले महानगर कै सिफारीस केन्द्रले अनुमोदन नगर्न सक्ने पनि जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३