हलिं नेवाः दबू नेपाल च्याप्टरमा नयाँ नेतृत्वको लागि भएको पहिलो साधारणसभा बाट निबिरोधा रुपमा सुरेन्द्रभक्त श्रेष्ठको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । यसै गरि उपाध्यक्षत्रयमा रमेशमान मुनिकार, राधेश्याम त्वानाबासु, श्यामप्रसाद श्रेष्ठ, महासचिव सुदय राज शिलाकार, सचिव कस्तुरी श्रेष्ठ, कोषाध्यक्ष अञ्जना ताम्राकार, सहकोषाध्यक्ष मंगलरत्न ताम्राकार चयन भएका छन् भने सदस्यहरुमा शान्ति वैद्य, शोभा श्रेष्ठ, भागवत नरसिंह प्रधान, विकास महर्जन, खगेन्द्र प्रसाद जोशी, धर्मदेव महर्जन, पद्मलक्ष्मी ताम्रकार चयन भएका छन् ।
शनिवार काठमाडौंको धिमेलोहंस्थित स्वयम्भु बैंक्वेटमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा नेवा समुदायलाई आफ्नो ज्ञान र शीपका साथै तन, मन, धनबाट सेवा दिँदै आएका नेवार अगुवा डा. महेशमान श्रेष्ठलाई ‘हलिं नेवाः, नेपाः’ हना सिरपाःबाट सम्मानित गरिएको थियो ।
यसै गरि नेवाः देय् दबूका निवर्तमान अध्यक्ष नरेश ताम्राकार, हलिं नेवाः दबू नेपाल च्याप्टरका पूर्वअध्यक्ष नरेन्द्रभक्त हाडा, केन्द्रीय उपाध्यक्ष रजनी प्रधान, केन्द्रीय महासचिव समन्त बज्राचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यसमिति चयन गर्नु पूर्व सचिव रत्नकाजी महर्जनले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७