काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै वडा नम्बर २२ मा भने वडाध्यक्षमा नेकपा एमालेका उम्मदेवार चिनीकाजी महर्जन निर्वाचित भएका छन् । महर्जन दुई हजार ६० मत पाउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार शालिग्राम तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरे।
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा नेकपा (एमाले) ले वडाध्यक्ष एउटा पद मा जित्दा अरु पदमा नेपाली काँग्रेस निर्वाचित भएको छ ।
नेपाली काँग्रेस बाट खुल्ला वडा सदस्यमा चन्द्रमान तुलाधर र अनिल हाडा निर्वाचित भए । तुलाधरले एक हजार ८५९ मत पाए भने हाडाले एक हजार ७३६ मत प्राप्त गरे ।
यसै गरि नेपाली काँग्रेसकै ललिता खड्गी एक हजार ५९६ मतसहित महिला सदस्य चुनिदा दलित महिला सदस्यमा भने नेकपा (एमाले) की गीता परियार यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७