काठमाडौं महानगरपालिका वडा १९ स्थित अरुणोंदयमा भएको पुरानो ऐतिहासिक फल्चा: को पुन: निर्माण पश्च्यात उद्घाटन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठबाट एक कार्यक्रम बिच उक्त फल्चा: उद्घाटन भएको हो ।
ढोकाटोल टोल क्रियाशील समाज र ढोकाटोल टोल सुधार समितिको संयुक्त संयोजनमा उक्त कार्य सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले फल्चा: को पुन: निर्माणको कार्य एक ऐतिहासिक कार्य भएको र स्थानीय कै सक्रियताका कारण पुन: निर्माण सम्भब रहेको बताए। सम्पदा मार्ग मै पर्ने भएकोले यस फल्चा: पर्यटकहरुको थप आकर्षण बन्ने पनि मन्त्री श्रेष्ठले विश्वास ब्यक्त गरे।
आगामी दिनमा उक्त फल्चा: स्थानीयलाई स्वास्थ्य सेवा दिने उदेश्यले स्वास्थ्य क्लिनिक संचालनमा आउने समाजका अध्यक्ष बिनय बहादुर श्रेष्ठले हरप्रहरलाई बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३