काठमाडौं- सोमबार मात्र उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएका छन्।
काठमाडौं : कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण
ललितपुर : महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा कोरोना संक्रमित भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले कुन संक्रमित कहाँका हुन् र उनीहरुको यात्रा विवरण कस्तो छ भन्ने खोजी भइरहेको जानकारी दिए। ‘हामीले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका छौँ। कतिपय भरतपुरबाट आएका क्यान्सरका बिरामी पनि छन्। सबै सूचना संकलन भइरहेको छ,’ उनले भने।
हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १८० जना संक्रमित थपिएका छन्। यो संगै कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३