काठमाडौँ – काठमाडौँ महानगर २२ नं वडाको ओटु टोलमा अवस्थित नाट्यश्वरको पुनः निर्माणको कार्य सुभारम्भ भएको छ ।
२०७२ सालको भूकम्पले जिर्ण बनाएको नाट्यश्वरको काठमाडौँ महानगरको अग्रसर्तामा सम्पन्न हुने भएको हो ।
नाट्यश्वरको भवन निर्माणमा गुठियारहरुले श्रमदान गर्ने टोलका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिए ।
पुरानो भवन भत्काएर नयाँ भवनको पुनः निर्माणको लागि सोमबार क्षमा पुजा पनि गरिएको छ । महानगरले निर्माण प्रकृयाको लागि बोलकबोल आवहान गरिसकेको र एक महिना भित्र पुरानो भवन भत्काइसकेर नयाँ भवन निर्माणको लागि तयार गरिने पनि अध्यक्ष महर्जनले बताए ।
पुनः निर्माण सुभारम्भ तथा क्षमा पुजा कार्यक्रममा काठमाडौँ महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ, वडाध्यक्ष चिनिकाजी महर्जन, डा. अजय क्रान्ती शाक्य, बिना श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३