काठमाडौँ – स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ।
बिहीबार राति पौने १२ बजे बा ५९८४ नम्बरको बस ठुलोभर्याङ र हलचोक बीचमा उक्त दुर्घटना भएको हो।
चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। चालकको पहिचान खुल्न सकेको छैन।
बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ।
उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३