काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयलगायत सरकारकै निकायहरूले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै लकडाउनकै विकल्प अँगाल्न सुझाव दिएका थिए । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारी स्वीकृत गराएको प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।
“सोमबारको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेको छ । त्यो बाहिर आइसकेको छैन । प्रवक्ताले सम्भवतः आज सार्वजनिक गर्नुहुन्छ,” उनले भने, “सङ्क्रमणको जोखिम उच्च भएको ठाउँमा जिल्लाको डीसीसीएमसीमा स्थितिको विश्लेषण गरेर आवश्यक काम गर्ने सरकारको तयारी छ । भाषा फरक हुनसक्छ, मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको छ ।”
तलबाट आएका सुझावलाई मध्यनजर गरेर सरकारले आजभोलि नै अथवा कात्तिक १ गतेबाट लागु गर्न सक्ने उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३